नागरिक लगानी कोषको सञ्चालक सदस्यमा हेमन्त रमाली नियुक्त

काठमाडौं । नागरिक लगानी कोषको विज्ञ सञ्चालक सदस्य पदमा हेमन्त राज रमाली नियुक्त भएका छन् । नियुक्त सँगै रमालीले सोमबार कोषको सञ्चालन समितिको बैठक समक्ष शपथ लिएका छन् ।

गत बिहीबार मन्त्रिपरिषद्को निर्णयले कोषको विज्ञ सञ्चालक सदस्य पदमा रमालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । नागरिक लगानी कोष ऐन, २०७४ को दफा २५ को उपदफा (१) खण्ड (छ) बमोजिम विज्ञ सञ्चालन सदस्यमा रमालाीलाई नियुक्त गरिएको सञ्चालक समितिका सचिव नवराज खड्काले बताए । कोषको स्थापना आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पूँजी वृद्धिका साथ साथै लगानीका अवसरहरू बढाउन तथा पुँजी बजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्य राखेर भएको थियो। यो नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कोष हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार