आईएमई लाइफको बेथितिमा बीमा प्राधिकरणको साथ, सञ्चालकलाई मासिक इन्धन सुविधा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको बेथितिमा नियाम नेपाल बीमा प्राधिकरणले साथ दिएको छ। आईएमई लाइफ इन्स्योरेन्सको गत जेठ २८ गतेको ७ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकनको प्रस्ताव समेत पारित गरेको थियो। आईएमई लाइफले बैठक भत्ता बढाएर १६ हजार रुपैयाँ र मासिक अध्यक्ष तथा सञ्चालकलाई इन्धन उपलब्ध गराउने प्रस्ताव गरेको थियो।

आईएमई लाइफको उक्त प्रस्ताव बीमा प्राधिकरणको बोर्डबाट स्वीकृत भएको स्रोतले जानकारी दिएको छ। प्राधिकरणले स्वीकृति प्रदान गरेसँग अब आईएमई लाइफका अध्यक्षले मासिक १४७ लिटर र अन्य सञ्चालकहरुले मासिक ९४ लिटर इन्धनको सुविधा पाउने छन्।

आईएमई लाइफमा ६ सदस्यि सञ्चालक समिति रहेको छ। कम्पनीको अध्यक्षको रुपमा डा. रामहरी अर्याल छन्। भने संचालकहरुमा उषा ढकाल, सिताराम थापा, सन्दिप अग्रवाल तथा स्वतन्त्र सञ्चालकमा विनोद केसी शेयरधनीको तर्फबाट रोबिनकुमार नेपाल रहेका छन्।
कम्पनीले अब सञ्चालकहरुलाई मासिक ६१७ लिटर इन्धन उपलब्ध गराउने छ। जसमा अध्यक्षले मात्र मासिक १४७ लिटर इन्धन प्राप्त गर्छन् बाँकी पाँच जना संचालकहरुले ४७० लिटर इन्धन उपयोग गर्न पाउनेछन्।

‘हालसम्म कुनै पनि बीमा कम्पनीले सञ्चालकलाई इन्धनको सुविधा दिएका थिएनन्। आईएमई लाइफको प्रस्ताव प्राधिकरणले स्वीकार गरेर बीमा क्षेत्रमा बिकृति भित्र्याउने बाटो खुल्ला गरेको छ। आगामी दिनमा यस्ता प्रकारको प्रस्ताव अन्य कम्पनीबाट पनि आउन सक्छ,’ स्रोतले इक्विटीनेपालसँग भने, ‘प्राधिकरणको बोर्डको एउटा गलत निर्णयले सम्पूर्ण बीमा व्यावसाय दूषित हुने सम्भावना देखिएको छ।’

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार