२३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २३ जना निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । मन्त्रालयले इजजातपत्र नविकरण नगरे सँग निर्माण व्यवासायीहरुको इजाजतपत्र स्वतः खारेज गरेको हो ।

मन्त्रालयका प्रवक्ता सुशील बाबु ढकालका अनुसार निर्माण व्यवसायीलाई इजाजतपत्र नविकरण गर्न आग्रह गरे पनि त्यसलाई वेवास्ता गरे पश्चयात इजाजतपत्र कानुन सम्वत रुपमा स्वतः खारेज गरिएको जानकारी गराए । उनका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०८०÷८१ का लागि २०८० चैत मसान्तसम्म निर्माण व्यवसाय इजाजतपत्र नविकरण नगरेकोले सोहि ऐनको दफा ७ को उपदफा ३ बमोजिमको अधिकार अनुरुप सो संख्याका निर्माण व्यवसायहरुको इजाजतपत्रहरु स्वतः खारेज गरिएको हो ।

खारेजमा पर्ने संस्थाहरुमा फयुचर स्टार कन्स्ट्रक्सन प्रा.लि ललितपुर वडा नम्बर १५, हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी प्रा.लि ललितपुर वडा नम्बर १३, भूमि इन्फ्रास्ट्रक्चर प्रा.लि विराटनगर वडा नम्बर ३, मदन कन्स्ट्रक्सन धनकुटा वडा नम्बर ५, असन बालकुमारी कन्स्ट्रक्सन प्रा.लि काठमाडौं, ढोरफिर्दी निर्माण सेवा, ढोरफिर्दी वडा नम्बर ७, दि राईजिङ्ग कन्स्ट्रकन प्रा.लि पोखरा वडा नम्बर ९ र सिरोहिया कन्स्ट्रक्सन प्रा.लि जनकपुर वडा नम्बर ७ र त्रिशुल निर्माण सेवा दमक वडा नम्बर १३ रहेका छन् ।

त्यस्तै खारेजीमा पर्ने श्रीजङ निर्माण सेवा प्रा.लि साराङ्गडाडा वडा नम्बर ७, घण्टेश्वर निर्माण सेवा, कैलपालमाण्डौ वडा नम्बर १, नौला मालिका निर्माण सेवा प्रा.लि रामिडाँडा वडा नम्बर ३, ठोसे के.आर.निर्माण सेवा प्रा.लि काठमाडौं वडा नम्बर ९, एभ्रिथिङ्ग सोलुसन कन्स्ट्रक्सन प्रा.लि मेचिनगर वडानम्बर १०, रुपाली कन्स्ट्रक्सन मंलसेन वडानम्बर ५, रुद्र कुमार कक्षपती निर्माण सेवा तोरवाङ वडा नम्बर ४, इन्जिनियरिङ मरिण ठाकूर निर्माण सेवा कम्पनी प्रा.लि सिन्धुली वडा नम्बर ६, वि.कन कम्पनी प्रा.लि काठमाडौं वडा नम्बर १६, आर कोमल कन्स्ट्रक्सन प्रा.लि कटुन्जे, भक्तपुर वडा नम्बर २, अमन कन्स्ट्रक्सन कम्पनी, गुलरिया वडा नम्बर ५, राधाकृष्ण निर्माण सेवा, संखुवासभा वडा नम्बर १, पवित्र मल्टिपल कन्स्ट्रक्सन प्रा.लि काठमाडौं जोरपटी वडा नम्बर २ र फलोरिडा कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि काठमाडौं वडा नम्बर १३ रहेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार