एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत

काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ । एमालेका ८ जना मन्त्रीहरुले सत्ता समिकरण परिवर्तन गर्ने कांग्रेस एमालेले निर्णय गरेपछि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हिजो राजीनामा बुझाएका  थिए ।

राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आएको राजीनामा स्वीकृत गरी उनीहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका राष्ट्रपति कार्यलयले जनाएको छ ।

एमालेबाट सरकारमा उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानूनमन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, गरिबी निवारणमन्त्री बलराम अधिकारी, उध्दोगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरि उप्रेती सहभागी थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार