करिब ११ करोड भुक्तानी लिन गएनन् बचतपत्रकर्ता

काठमाडौं । राष्ट्र बैंकले बचतपत्र धनीहरुले करिब ११ करोड रुपैयाँ लिन नआएको बताएको छ । राष्ट्र बैंकले ठूलो मात्रामा बचतपत्र धनीहरुले रकम लिन नआएको भन्दै रकम लिन आउन समेत आग्रह गरेको छ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका सयौं बचतपत्र धनीहरुले रकम लिन नआएका हुन् ।

राष्ट्र बैंकका अनुसार बचतपत्र धनीहरु नागरिक बचपतपत्र वापत् ९ करोड ८६ लाख ७० हजार ९ सय ७७ रुपैयाँ र वैदेशिक रोजगार बचतपत्र वापत् ९१ लाख २० हजार ८ सय ६५ रुपैयाँ लिनका लागि नआएका हुन् । उनीहरुको बचतपत्रमा लगानी गरेका रकम परिपक्व भइसकेको छ । २०८१ जेठ मसान्तसम्ममा परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेका सदस्यहरुलाई आफनो भुक्तानी लिनको लागि आग्रह गरिएको हो । बचतपत्र लगानीकर्ताहरुले विभिन्न समयमा नागरिक र वैदेशिक रोजगार बचतपत्रमा लगानी गरी त्यसलाई वेवास्ता गरेको कारण भुक्तानी लिन नआएका राष्ट्र बैंकका अधिकारीहरु बताउछन् । थोरै रकम लगानी गरेको कारण र बचतपत्रलाई लिएर सम्पूर्ण जानकारी नराखेको लगायतका कारणले गर्दा उनीहरु भुक्तानी रकम लिन नआएको उनीहरुको भनाई छ ।

राष्ट्र बैंकले भुक्तानी लिनका लागि आग्रह गरे सँगै बचतपत्र धनी भुक्तानी लिनका लागि आउने अपेक्षा लिएको छ । बचतपत्रमा लगानी गरेर नागरिकले फाइदा लिन सक्नेछन् । बचतपत्रमा जोखिम कम हुने र सरकारले नै लागनीको सुरक्षा र फाइदाको प्रत्याभूत गर्ने हुदाँ यसबाट सर्वसाधारणले फाइदा लिन सक्ने विज्ञहरु बताउछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार