श्री जगन्नाथ रथयात्रा हुने

काठमाडौं । श्री जगन्नाथ रथयात्रा आयोजना हुने भएको छ। असार २३ गते आइतबार नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)ले राष्ट्रपति  रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ३९ औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गर्दैछ। नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा महोत्सव कमलादी-घण्टाघर-दरबारमार्ग- पुतलीसडक-प्रदर्शनी मार्ग-भद्रकाली-एनएसी न्यूरोड-बसन्तपुर-न्यूरोड हुँदै टुडिखेलमा समापन हुनेछ यसरी सम्पुर्ण नगरबासिहरु भगवान नामको किर्तन गरेर भगवानको आराधना गरी हर्षोल्लासपुर्ण विधिले उत्सब मनाउने गरिन्छ।

नेपाली ईतिहासमा परापुर्व कालदेखिनै राजाको प्रमुख आतिथ्यमा यसैगरी रथयात्रा हुने गर्दथ्यो। यसै संस्कृतिलाई निरन्तरता दिँदै राष्ट्रध्यक्ष पौडेलको उपस्थितिमा यस पटक पनि रथयात्राको सुभारम्भ हुनेछ। राष्ट्रपतिले कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा श्री जगनाथ वलदेव शुभद्रा महारानी को दर्शन गरि पुजामा सहभागि हुनेछन्। साथै वैदिक धर्मलाई संसारभरि प्रचार गरि निभ्न लागेको जस्तो भान भएको हिन्दु सनातन धर्मलाई फेरि ब्युँझाउन महान योगदान गर्नुहुने इस्कोनका संस्थापक आचार्य श्री श्रीमद एसी भक्तिवेदान्त स्वामी प्रभुपादलाई माल्यापर्ण गरि सम्मान प्रकट गर्नेछन्। साथै ईतिहासमा जगन्नाथ पुरीका राजाले भगवान बिराजमान भएको रथ हिड्ने बाटो सुनौलो झाडु प्रयोग गरि मार्जन गथ्र्ये। त्यसरी नै राष्ट्रपतिले पनि मार्जन गरि वैष्णव संस्कारलाई निरन्तरता दिनेछन्।

बिहान १० बजे बाट शुरु हुने यस कार्यक्रममा नगरबासीहरुको उपस्थितिमा भगवान नामको किर्तन, भगवानको दिव्य लिला बर्णित ग्रन्थको बितरण तथा दिव्य भगवानको प्रसाद वितरण गरिने छ। रथयात्रा मार्गमा नगरबासिहरुले आ(आफ्नो घर, स्थानबाट भगवानको स्वागत तथा पुजा अर्चना हुने संस्कृति रहेको छ।यसरी हजारौँ भक्तहरुको उपस्थितिमा टुडिखेलमा साँस्कृतिक कार्यक्रम तथा भगवानको दिव्य कथा प्रवचन हुनेछ।यसरी श्रीजगन्नाथ प्रसादमको आनन्द लिएर कार्यक्रम समापन हुनेछ।यसरी नेपाली संस्कारको महत्व अहिले संसारभरि आवश्यकता रहेको र त्यसको पुर्तिको लागि यस रथयात्रा कार्यक्रमले एक अर्को पाईला चालेको हामीले अपेक्षा गरेका छौं ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार