मैलुङ खोला जलविद्युतको संस्थापक शेयरको लक इन समय सकिदै

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको शंस्थापक , कर्मचारी र स्थानियको नाममा रहेको शेयरको २९५९८७० कित्ता  शेयरको लक इन  अवधि सकिन लागेको  छ ।

कम्पनीले   २०७४ साल जेठ १७ देखि ३१ सम्म स्थानिय र २०७४ साउन १४ देखि १९ सम्म कर्मचारी र सर्बसाधारणको लागि शेयर निश्काशन गरेको थियो ।

कम्पनीको संस्थापक शेयरधनी, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुलाई बाँडफाँट गरिएको शेयर तिन बर्ष लक इनमा राख्नु पर्ने कानुनी व्यवस्था बमोजिम लक इनमा थियो  र उक्त शेयरको  २०८१साउन २६ गते लक इनको समायावधि समाप्त  भइ दोस्रो बजारमा कारोबारमा आउने छ  ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार