सशस्त्र प्रहरी वलमा जागिरको अबसर

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा दरखास्त माग गरेका छ । शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै रिक्त रहेका पदपूर्तिका लागि सशस्त्र प्रहरी बलले आवेदन माग गरेको हो ।

शसस्त्र प्रहरी बलले शसस्त्र प्रहरी निरिक्षकदेखि प्राविधिक शसस्त्र प्रहरी निरीक्षकसम्मको पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नागरिकले साउन २७ गतेसम्म आवेदन दिन सकिने छ । अनलाइनमार्फत तोकिएको समयभित्र दरखास्त दिन सकिनेछ ।

आवेदक पुरुषको हकमा उचाई कम्तीमा पाँच फिट दुई इन्च र तौल कम्तिमा ५० केजी तथा महिलाको हकमा उचाई कम्तीमा पाँच फिट र तौल कम्तिमा ४२ केजी भएको हुनु पर्ने छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार