धानको समर्थन मूल्य तोकियो

काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद्को २०८१ असार २० मा बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको प्रति क्विन्टल रु. ३४१०/५१ र मध्यम धानको प्रति क्विन्टल रु. ३५८०/६२ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एंव सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् ।

साथै   चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा Inland Clearance Depot (ICD)/Integrated Chek post (ICP)र अरनिको राजमार्गको Maintenance and Slope Stabilization (चौथो चरण) निर्माणका लागि संभाव्यता अध्ययन गर्न प्राप्त भएका Letter of Exchange (LoE)हरुमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

सरकारले  नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानविन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

सत्ता समिकरण परिवर्तन भएसँगै संसदको दोस्रो ठुलो दल नेकपा एमालेले हिजै एक बिज्ञप्ती जारी गर्दै सरकार अल्पमतमा रहेकोले दीर्घकालिन असर पर्ने कुनै निर्णय नगर्न भनेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार