मितेरी डेभलपमेन्ट बैंकको नाममा रहेको एनसीएचएलको शेयर बिक्रिमा

काठमाडौं । नेपाल क्लियरीङ हाउसको संस्थापक शेयर बिक्रिमा रहेको छ । मितेरी डेभलप्मेन्ट बैङ्कको नामम रहेको ३१ हजार ६ सय कित्ता संस्थापक शेयर बिक्रि गर्न बोलकबोल माध्यमबाट लागेको हो । सो शेयर बिध्यमान शेयरधनीले मात्र खरिद गर्न सक्नेछन् । शेयर खरिदको समय आज देखी असार २६ सम्म रहेको जनाइएको छ ।

बैंकले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ५ सय रुपैयाँ कायम गरेको छ । शेयर खरिद गर्न चाहने खरिदकर्ताले  सो मुल्य भन्दा बढी  मूल्य बोलकबोल  गरि शेयर खरिदको प्रक्रियामा सहभागि हुनुपर्नेछ  । शेयर खरिद बिक्रि को लागि  लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक छनौट भएको छ  ।

बैंकले यस अघि असार ६ गतेदेखि असार १२ गतेसम्म आवेदन दिन सकिने गरि शेयर बिक्रिमा राखेको थियो । सो समयमा शेयर बिक्रि नभएपछि बैङ्कले पुन शेयर बिक्रिको लागि राखेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार