टिभिएस कल्टको दोस्रो राइड सम्पन्न

काठमाडौं । टिभीएस मोटर नेपालको आधिकारिक जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि दोस्रो वार्षिकोत्सव यात्रा, असार १५ मा  टिभीएस शोरूम ज्ञानेश्वरबाट बुढानीलकण्ठको ड्रीम गार्डेन रिसोर्ट समन्म सम्पन्न गरेको छ  । यात्रामा ६० राइडरहरुको सहभागि थिए । यात्रामा एक मात्र महिला राइडर रोनीशा महर्जन थिइन ।  यात्रामा २३ देखि ५५ वर्ष उमेरसम्मका राइडर सहभागीहरू थिए,

 यात्रामा राइडरहरूले टिभिएस रोनिनलाई लामो यात्राका लागि आरामदायी र भरपर्दो सवारी साधनको रूपमा आफ्नो विश्वास व्यक्त गरेका थिए । यसको उच्चतम २२५ सीसी सिंगल–सिलिन्डर इन्जिनले बलियो टर्क र सहज पावर डेलिभरी प्रदान गर्नेछ, जसले यसलाई शहरी र लामो दुरी दुवै यात्रा लागि उपयुक्त हुनेछ । यसमा समावेश उत्कृष्ट विशेषताहरूका साथ, उत्कृष्ट निर्माण र स्टाइलिश रेट्रो–आधुनिक डिजाइनकोले यसलाई  मोटरसाइकल मात्र नभई हरेक यात्राको एक विश्वसनीय साथी बनाउने कम्पनीले  बताएको छ  ।

जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस ब्रान्डका दुई पाङ्ग्रे सवारी साधन ब्रान्डमा स्थापित रहेको छ  यो  ब्रान्डका मोटरसाइकल र स्कुटर दुवै नेपाली जनतामाझ राइडर फ्ल्याग शिप मोडेलको रुपमा टिभिएस अपाचे आरटीआर र एनटर्क लोकप्रिय छन्

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार