CLI

सहकारीका संचालकलाई ३० दिन भित्रमा दोहोरो पद त्याग्न विभागको निर्देशन

काठमाडौं । संघिय सहकारी विभागले सहकारी संघ सस्थाका संचालकलाई दोहोरो पदमा त्याग्न निर्देशन दिएको छ। विभागले बुधबार एक सूचना जारी गर्दै सहकारी संघ सस्थाका संचालकलाई दोहोरो पदमा रहेको भए ३० दिन भित्र त्याग्न निर्देशन दिएको हो।

विभागले सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा भएको ब्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । ऐनको उत्तm दफामा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ भन्ने व्यवस्था छ । विभागले उक्त ब्यवस्थाको पूर्ण परिपालना गर्नु गराउनुहुन यो निर्देशन जारी गरिएको छ ।

सूचनामा कुनै व्यक्ति दुई वा सो भन्दा बढी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक रहि अन्य संस्थाको पद त्याग गर्नु बताएको छ । विभागको निर्देशन कार्यान्वयन नगरे कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाईने सूचनामा उल्लेख छ ।

Leave Your Comment

Related News