असार २८ गते संसदबाट प्रधानमन्त्री प्रचण्डले विस्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगानी असार २८ गते शुक्रबार विस्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका छन् । सरकारमा साझेदार दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र संसदबाट बिस्वासको मत लिनु पर्ने संवैधानिक व्याबस्था रहेको छ । सोही बमोजिम उनले विस्वासको मत लिन लागेका हुन् । विस्वासको मत प्रयोजनार्थ संसद सचिवालयमा पत्र पठाएको उनको सचिवालयले जनाएको छ ।

सत्ता साझेदार दल नेकपा एमालेले संसदको ठुलो दल नेपाली कांग्रेससँग सत्ता साझेदारी गरे नयाँ सरकार बनाउने भनेर समझदारी गरेको छ । समझदारीसँगै एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजिनामा बुझाई राष्ट्रपतिबाट स्वीकृत  समेत भइसकेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार