पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । पहिरोले कर्णाली राजमार्गको अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा राजमार्गका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको हो ।

दैलेख र कालीकोटको सिमानामा पर्ने गगने खोला, सेरिघाट र छेडामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि कालीकोट, जुम्ला, मुगु आवतजावत गर्ने सवारीसाधन रोकिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गगनेखोलामा ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार