उपत्यकामा वर्षा हुँदा बागमतीमा बाढी

काठमाडौं । सर्लाही र रौतहटको सिमा भएर बग्ने बागमती नदीमा बाढी बढेको छ । काठमाडौं उपत्यका एवं आसपास क्षेत्रमा अत्यधिक वर्षा भइरहेकाले बागमती नदीमा पानीको सतह बढेको हो ।

शनिबार बिहान १.५ मिटर मात्र पानीको सतह रहेकोमा मध्यान्हसम्म ४ मिटर पुगिसकेको बागमती नदी अन्तर्गत पँधेरा दोभान जल सतह मापन केन्द्रका लिलाम्बर खनालले जानकारी दिए ।

बाढी बढ्दै गएपछि बागमती सिँचाइ ब्यारेजका ३५ वटै ढोका खोलिएको छ । यद्यपि बागमती नदीको सिँचाइ ब्यारेजभन्दा उत्तर पानीको सतह साढे ६ मिटर बढी गहिराइ भएपछि खतरा मानिन्छ ।

अहिलेसम्म खतराको अवस्था नआएको बागमती सिँचाइ आयोजनाले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार