कुरिलोको मुल्य घट्दा कागतीको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको  छ । हिजो प्रति केजी औसत मुल्य ९५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ११० रहेको छ जुन हिजोको मुल्यमा १५.७९ प्रतिसत बढी हो । गोलभेडा सानो लोकल मुल्य आज घटेको छ हिजो प्रति केजी औसत मुल्य ५५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ४० रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मुल्य पनि आज घटेको छ हिजो प्रति केजी औसत मुल्य ६५ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य ६३ रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा ३.०८ प्रतिसत कम हो

आलु रातोको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ६२.३३ रुपैँयामा कारोबार भएको आलु रातो आज ६५.२० औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा ४.६० प्रतिसत कम हो आलु रातो भारतीयको मुल्य यथावत छ हिजो प्रति केजी ५७ रुपैँयामा कारोबार भएको आलु रातो भारतियको मुल्य प्रति केजी औसत मुल्य ५७ रुपैयामा कारोबार भइरहेको छ । प्याज सुकेको मुल्य आज बढेको छ हिजो औसत मुल्य ८७.६७ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मुल्य ९३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य घटेको छ  हिजो प्रति केजी ८५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ६४ रुपैँया कायम छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार