बागमती प्रदेशमा सरकारबाट बाहिरियो एमाले

काठमाडौं । बागमती प्रदेशमा नेकपा एमाले सरकारबाट बाहिरिएको छ । केन्द्रीय राजनीतिमा कांग्रेस र एमालेको बीचमा नयाँ सत्ता समीकरण बने सँगै बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा गरेर सरकारबाट बाहिरिएका हुन् ।

नेकपा एमाले तात्कालिन कांग्रेस माओबादी गठबन्धन भत्किए सँगै चैत्र १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रो पटक सहभागी भएको थियो ।

एमालेबाट आर्थिक मामिला मन्त्रीमा जगन्नाथ थपलिया, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ सहभागी थिए ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार