आइतबारदेखि सम्पदा लघुवित्तले एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं ।  साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था ‘मर्जर’ भई बनेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार सञ्चालन गर्ने भएको छ । आगामी आइतबार देखि संस्थाले एकीकृत कारोबार सुरु गर्ने बताएको छ । संस्थाको १३८ औं बैठकले आइतबार अर्थात् असार ३० गते देखि एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको साधनाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले असार १३ गते एकीकृत कारोबार गर्न स्वीकृति दिएको थियो । संस्थाले धितोपत्र बोर्डलाई एकीकृत कारोबार सुरु भए पश्चयात संस्थाको शेयर कारोबार रोक्का राख्न समेत आग्रह गरेको छ । संस्थाले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ मा भएको व्यवस्था बमोजिम एकीकृत कारोबार भएको मिति देखि लागू हुने गरी संस्थाको शेयर कारोबार रोक्का राख्ने व्यवस्था मिलाइदिन बोर्ड समक्ष आग्रह गरेको छ ।

सबैंको लघुवित्त संस्था बन्दिपुर गाउँपालिका वडा नम्बर १ डुम्रे, तनहुँ र साधना गोरखा वडा नम्बर ६ हरमटारी, गोरखामा रजिष्टर्ड कार्यालय रहेको छ । दुई वटा संस्थाले एक आपसमा गाभिने बारेमा राष्ट्र बैंकलाई जानकारी गराएका थिए ।

साधना लघुवित्तको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास प्रतिवेदन अनुरुप साधना लघुवित्तको प्रतिशेयर आम्दानी (वर्षिक) २१.२५ रुपैयाँ, मुल्य आम्दानी अनुपात ३४.४२ , प्रति सेयर नेटवथ १४८.०८ र प्रति सेयर कुल सम्पत्तिको मूल्य १ हजार ५ सय २३.०९ पैसा रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार