सामान्य अंकले घटेको सेयर बजारमा झण्डै ५ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७६ अंकले घटेर ३७७.४५ विन्दु्मा पुगेर बन्द पुगेको छ ।

सोमबार ९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार ३२४ वटा कम्पनीको १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

सोमबार १३ वटा समूह परिसूचक मध्ये १० वटा समूहको सेयर मूल्य घट्दा बाँकी ३ वटाको सेयर मूल्य बढेको हो । बैकिङ २.१०, विकास बैंक १५.९४, होटल र पर्यटन ५३.२८, जलविद्युत १०.४०, लगानी ०.२४, जीवन बीमा ६५.११, उत्पादन र प्रशोधन १०.०८, निर्जीवन बीमा ३६.११, व्यापार २४.९७ र अन्य समूह ०.५४ अंकले घटेको हो । भने वित्त ६.६१, लघुवित्त ४२.८३ र म्युअुचल फन्ड ०.०८ अंकले बढेको हो ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड, जानकी फाइनान्स, सीइडीबी हाइड्रो डेमल्पमेन्ट कम्पनी, हिमालयन रिइन्स्योरेन्स र निफ्रा बैंक रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको २८ करोड ७० लाख रुपैयाँ, जानकी फाइनान्सको १५ करोड ५५ लाख रुपैयाँ, सीइडीबी हाइड्रो डेमल्पमेन्ट कम्पनीको ९ करोड ६३ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ९ करोड ४ लाख रुपैयाँ र निफ्रा बैंकको ७ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

सोमबार सबैभन्दा बढी कमाउनेमा समाज लद्युवित्त वित्तीय संस्था, एनआइसी एशिया डिबेन्चर, सानिमा बैंकका डिबेन्चरका लगानीकर्ता रहे भने सबैभन्दा बढी गुमाउनेमा मेलुङ खोला जलविद्युत आयोजना, आँखु खोला जलविद्युत आयोजना र लक्ष्मी डिबेन्चरका लगानीकर्ताहरु रहे । समाज लद्युवित्त वित्तीय संस्थाको ३४०० रुपैयाँ, एनआइसी एशिया डिबेन्चरको १२१३ रुपैयाँ ८० पैसा, सानिमाको ११८४ रुपैयाँ ९० पैसा र मेलुङ खोला जलविद्युत आयोजनाको ६०६ रुपैयाँ, आँखु खोला जलविद्युत आयोजनाका २२४ रुपैयाँ र लक्ष्मी डिबेन्चरको १०४६ रुपैयाँ ९० पैसामा कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार