युएसएड यात्राको सुरुवात

काठमाडौं । संयुक्त राज्य अमेरिका र नेपालबीचको दौत्य सम्बन्ध झन्डै ८ दशकदेखि रहँदै आएको छ । र, अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड ) ले विगत ६३ वर्षभन्दा लामो समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ । अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रमार्फत १० लाखभन्दा बढी महिलाहरूको जीवनमा प्रत्यक्ष योगदानपुर्यायो भने थप ५० लाख महिलाहरूले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्ष रूपमा लाभ लिएका थिए ।

सन् २००० देखि युएसएडले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रहरूमा साढे एक अर्ब अमेरिकी डलर (१ खर्ब ९६ अर्ब नेपाली रुपैयाँभन्दा बढीको सहयोग प्रदान गरेको छ ।

नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन लुम्बिनी प्रदेशका विभिन्न स्थानमा USAID Learning for development outreach campaign को आयोजना सुरु गरिएको छ, जसको पहिलो कार्यक्रम ५ जुलाई, २०२४ (असार २१, २०८१) कपिलवस्तु, बाणगंगाको चार नम्बरमा हटियाको आयोजना गरियो । हटिया भनेको स्थानीय स्तरमा लाग्ने हाटबजार जस्तै जमघट हो । उक्त कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै विभिन्न खेल प्रतियोगिता भएका थिए भने युएसएडले नृपालमा गरिरहेको सहयोगबारे जानकारी दिइएको थियो । आउटरिच क्यापियनअन्तर्गत शनिवार (२२ असार) बुटवलमा सांस्कृतिकसहितको भव्य कार्यक्रम हुँदैछ भने आइतवार (२३ असार) दाङको लमही, सोमवार (२४ असार) बाँकेको कोहलपुर र मंगलवार (२५ असार) नेपालगन्जमा विभिन्न कार्यक्रम हुँदैछन् । काठमाडौंका विभिन्न स्थानमा यस्तै कार्यक्रम गरेर यात्रा समाप्त हुनेछ । युएसएडले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण तथा उत्थानशीलता, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीय स्तरका २० भन्दा बढी सक्रिय परियोजनाहरू सञ्चालन गरिरहेको छ ।

स्मरण रहोस् नेपालको पहिलो राजमार्ग (सन् १९५५), काठमाडौंमा पहिलो नर्स ट्रेनिङ स्कुल (सन् १९५६) मा युएसएडको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएका हुन् । युएसएडको सहयोगमा नै सन् १९५९ मा देशको पहिलो आधुनिक टेलिफोन एक्सचेञ्ज र रेडियो नेटवर्क स्थापना भएका हुन् । दक्षिणी तराई क्षेत्रबाट मलेरिया उन्मुलनमा सहयोग गरेको युएसएडले शान्ति र लोकतन्त्रलाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यस्तै उसले कोभिड–१९ सङ्कटको समयमा नेपाललाई खोप, आवश्यक वस्तु र प्राविधिक सहायता प्रदान गरेको थियो । युएसएडको सहयोगबाट मुख्यगरी कुनै समय मानिस बस्न नसक्ने देशको भूभागलाई कृषि फस्टाउन योग्य बन्न, साक्षरता दर र औषत आयु दोब्बर बनाउन, बाल मृत्युदर उल्लेखनीय रूपमा घटाउन महत्वपूर्ण योगदान पुगेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार