CLI

सरकारले मोबाइल तथा टेलिफोन बन्द गर्न सक्ने

काठमाडौं । मोबाइल तथा टेलिफोन प्रयोगकर्ता प्रति सरकार थप कडा हुने देखिएको छ। दूरसञ्चार सेवाको माध्यमबाट धम्काउने वा गाली गलौज गर्ने माथि सरकारले कडा कारबाही गर्ने नीति अघि सारेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको दूरसञ्चार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मस्यौदामा दूरसञ्चार सेवाको प्रयोग गरी गाली गलौज गर्ने धम्काउने वा अनावश्यक दुःख दिने व्यक्तिको सेवा सरकारले बन्द गर्न सक्ने व्यवस्था उल्लेख गरिएको छ।

परिच्छेद–९ दफा ७१ मा प्राधिकरणले सेवा बन्द गराउन सक्नेः कुनै व्यक्तिले दूरसञ्चार सेवाको माध्यमबाट गाली गलौज गर्ने, धम्काउने वा अनावश्यक दुःख दिने गरेमा प्राधिकरणले त्यस्तो व्यक्तिको सेवा बन्द गराउन सेवा प्रदायकलाई निर्देशन दिन सक्नेछन्। तर दूरसञ्चार सेवा बन्द गर्नु भन्दा अघि सम्बन्धित व्यक्तिलाई सफाईको उचित मौका दिनु पर्नेछ।

Leave Your Comment

Related News