यी हुन् काठमाण्डौं महानगरका मनोरञ्जन कर नतिर्ने ४४ डान्सबार, दोहोरी साँझ र नाइट क्लब

काठमाडौं । काठमाण्डौं महानगरपालिकाले कर नतिर्ने ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरेको छ ।

महानगरपालिकाले मनोरञ्जन कर बुझाउन लिखित, फोन वा मौखिक जानकारी गराएतापनी कर नबुझाउने ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरेको हो ।

महानगरले ४४ कम्पनीलाई ३५ दिन भित्र कर बुझाउन निर्देशन दिएको छ ।

पटक पटक ताकेता गर्दा पनि कर बुझाउन नआएपछि महानगरपालिकाले मंगलाबर सार्वजनिक सूचनामार्फत ३५ दिनभित्र कर बुझाउन आउन आग्रह गरेको हो । उक्त कम्पनीहरुले ३५ दिनभित्र कर नबुझाए आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार