पानी पर्ने मौसममा सिजीको वासर ड्राइयर वासिङ मेसिन, मोटरमा १० वर्षको वारेन्टी

काठमाडौं । वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र मेसिन भित्र नै सहजै सुक्ने प्रविधि युक्त, सिजी वासर एन्ड ड्राइयर वासिङ मेसिन, नेपालको सबैभन्दा ठूलो र नम्बर १ ब्राण्ड सिजीले उपलब्ध गराएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले सिजीले यो वासिङ मेसिन ल्याएको हो ।

उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाडुहरुलाई नाश गरि, हिट पम्प डा««इङ टेक्नोलोजि मार्फत कपडा मेसिन भित्र, सहजै रुपमा धुन अनि सुकाउन मिल्छ ।

बि डा««इभ इन्भर्टर मोटरले १४०० आरपिएममा कपडाहरु मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढङ्गले धुनका लागि प्रि वाश, नाईट वाश, एक्स्ट्रा रिन्ज अनि स्पिड वाश जस्ता मोडहरु छन् ।

सिजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको छ र बिभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नजिकैको सिजीे स्टोरहरुबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिन्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार