CLI

१६ अंकले बढ्यो नेप्से करिब ६ अर्बको कारोबार

काठमाडौं ।  साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.५० अंकले बढेर ३८०.९६ विन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको मूल्य स्थिर रहेको छ । ३१६ वटा कम्पनीको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार रुपैयाँ रह्यो । बजार पूँजीकरण रकम भने ३४ खर्ब १३ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ रह्यो ।

मंगलबार १३ वटा समूह परिसूचक मध्ये ८ वटा समूह परिसूचक सकारात्मक रहँदा ४ वटा समूह परिसूचक नकारात्मक र १ वटा समूह परिसूचक स्थिर रह्यो । बैकिङ ६.०८, विकास बैंक १०८.९९, जलविद्युत १३.५५, लगानी ०.२८, जीवन बीमा २७.५४, लघुवित्त १४२.६९, निर्जीवन बीमा ४८.६८ र अन्य समूह १०.८७ अंकले बढेको हो भने वित्त ३.९४, होटल र पर्यटन १५.८१ र उत्पादन र प्रशोधन ३५.४८ अंकले घट्दा म्युअुचल फन्ड स्थिर रहेको हो ।
मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा एनआरएन इनफ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, नेपाल फाइनान्स, जानकी फाइनान्स, न्याग्दी ग्रुप र ग्लोबल आइएमइ लघुवित्त रह्यो । एनआरएन इनफ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको १९ करोड ७७ लाख रुपैयाँ, नेपाल फाइनान्सको १६ करोड २१ लाख रुपैयाँ, जानकी फाइनान्सको १३ करोड ५६ लाख रुपैयाँ, न्याग्दी ग्रुपको १३ करोड १६ लाख रुपैयाँ र ग्लोबल आइएमइ लघुवित्तको १२ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

त्यसैगरि, गणपति लघुवित्त र आत्मनिर्भर लघुवित्तमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ । बुद्वभूमि नेपालमा ९.९१ प्रतिशत, युनिक नेपाल लघुवित्तको ९.७९प्रतिशत, सबैको लघुवित्तको ९.१५प्रतिशत, महिला लघुवित्तको ८.८२प्रतिशत, सर्पोट माइक्रो फाइनान्सको ८.७३ प्रतिशत, जाल्पा सामुदायिक लघुवित्तको ८.२७ प्रतिशत, एनएमबी माइक्रो फाइनान्सको ८.०८ प्रतिशत, धौलागिरी लघुवित्तको ७.९३ प्रतिशतले सेयर मूल्य बढेको छ ।नेपाल फाइनान्सको मूल्य ४ प्रतिशत घट्यो । बोटलर्स नेपाल बालाजुको ३.९, जानाकी फाइनान्सको ३.२ प्रतिशत घट्यो ।

Leave Your Comment

Related News