गभर्नरले बोल्दैमा मौद्रिक नीतिमा आउँदैनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गभर्नरले बोलेको विषय मौद्रिक नीतिमा आउने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मंगलबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

‘मौद्रिक नीति कस्तो आउँछ भनेर मैले बोल्न मिल्दैन भनेर बारम्बार भन्दै आएको छ। मैले कतिपय ठाउँमा बोलेको छु। मैले बोल्दैमा नीति त्यस्तै आउने हैन,’ गभर्नर अधिकारीले भने।

मौद्रिक नीति तथ्य, तथ्यांक, व्यवहारको आधारमा तयार हुने उनले स्पष्ट पारे। राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका सम्बन्धमा सल्लाह सुझाव दिने समिति छ। उक्त समितिसँगको गहन छलफल र सल्लाहका आधारमा अर्थतन्त्रलाई सर्वपरी राख्ने गरी मौद्रिक नीति ल्याउने उनले बताए।

यस्तै, उनले अन्तरदेशिय अनलाइन भुक्तानीका लागि अलि पे, लंका पे लगायतसँग सहकार्य भइरहेको उनले बताए । यसका लागि पेमेन्ट गेटवेलाई अनुमति प्रदान गरिसकेको पनि जानकारी दिए।

साथै, अधिकारीले ५०० भारुको नोट नेपालमा चलाउने तयारी भइरहेको बताए। हाल नेपालमा १०० भारुको नोट मात्र चल्ने गरेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार