पुरानो इन्जिनलाई नयाँ बनाउने सजिलो प्रविधि, नानो सेरामिक कोटिङ्ग

Garima_Business-Loan3

काठमाडौं । आजभोली सवारीसाधन नहुने व्यक्ति कमै हुन्छन् । विशेषतः शहरमा बस्ने शहरीयासँग कि त दुईपाँग्रे कि त चारपाँग्रे सवारीसाधन हुन्छ नै ।

सवारीसाधन भएपछि त्यसको नियमित सर्भिस तथा भैपरी आउने मर्मत सम्भार पनि गर्नै पर्यो । त्यसका अलावा पुरानो हुँदै गएपछि इन्जिन कै पनि मर्मत गर्नुपर्ने वाध्यता हुन्छ नै ।

इन्जिन नै मर्मत गर्नुपर्यो भने थुप्रो रकम खर्च हुनजान्छ । तर पुरानो भएको इन्जिनलाई नयाँ बनाउने सजिलो कोरियन प्रविधि नानो सेरामिक कोटिङ्ग नेपालमा भित्रिसकेको छ ।

सवारीचालक वा सवारीधनीहरुले आजभोली यसको व्यापक प्रयोग गर्न थालेका छन् । सवारीसाधन पुरानो हुँदै गएपछि धुवाँ फाल्ने, मोविल खाने, पिकअप कमजोर हुने, माइलेज कम दिने जस्ता समस्या देखा पर्दछ । त्यो समस्या देखा पर्नु भनेको इन्जिनमा हुने रिङ्ग पिस्टन तथा ब्लक बोर खिइनु हो ।

त्यसरी खिइदाँ हुने ग्यापबाट मोविल धुवाँको रुपमा बाहिर निस्कन्छ र सवारीसाधनमा उल्लेखित समस्याहरु सिर्जना हुन जान्छ । जसलाई निराकरण गर्नका लागि इन्जिन नै खोल्नुपर्ने हुन जान्छ । तर नानो इनर्जाइजरले इन्जिन नखोलिकन नै त्यस्तो खालको ग्यापलाई सेरामिक कोटिङ्गको माध्यमबाट पुरिदिन्छ र समस्या समाधान गरिदिन्छ ।

नानो इनर्जाइजर एक किसिमको झोल पदार्थ हो । यो जब इन्जिन भित्र हालिन्छ, यसले ताप पाइसकेपछि ठोस रुपमा स्टिलको रुप लिन्छ ।
जुन इन्जिन भित्र खिइएर बनेको ग्यापमा गएर बस्छ । जसको कारणले इन्जिन नयाँ जस्तै हुन पुग्छ । अर्को कुरा, सवारीचालक वा सवारीधनीहरु प्रायः व्यस्त हुन्छन् इन्जिन खोलेर बनाउँदा केहि दिन सवारीसाधन वर्कशप मै छोड्नुपर्ने हुन सक्छ ।

तर नानो इनर्जाइजर हाल्नको लागि ५ मिनेट पनि लाग्दैन, नानो हाल्ने वित्तिकै सवारीसाधन कुदाउन मिल्छ, इन्जिन खोल्न पनि पर्दैन ।
इन्जिनको क्याप खोलेर त्यसै मार्फत सिधै मोविल हाल्ने ठाउँ मै खन्याउने हो ।

यसको एकपटकको प्रयोगले सवारीसाधनलाई करिब २० हजार देखि ३० हजार किलोमिटरसम्म काम गर्दछ ।

ट्याक्सी नं. बा १ ञ १००९ का सवारीधनी हरिबहादुर अधिकारीले यसको प्रयोग चौथो पटक गरेका छन् । आफ्नो ट्याक्सीको इन्जिनमा समस्या आएपछि मर्मतका लागि तयार भएपनि नानो इनर्जाइजर हालेपछि इन्जिन ठिक भएको उनले बताए ।

ललितपुरका राजन श्रेष्ठले आफ्नो पुरानो पल्सर मोटरसाइकलमा नानोको प्रयोग गरेका छन् । उनको भनाइ अनुसार नानोको प्रयोग गरेपछि इन्जिन सम्बन्धि समस्या समाधान भएको छ । अहिले उनको मोटरसाइकलले राम्रो पिकअप दिनुका साथै माइलेजमा पनि वृद्धि भएको उनले बताए ।

समस्या भएका पुराना सवारीसाधन मात्रै नभएर नयाँ सवारीसाधनमा प्रयोग गर्दा पनि नानो इनर्जाइजरले राम्रै फाइदा दिने गर्दछ । नानो इनर्जाइजर प्रयोग गरेपछि सवारीसाधनले करिब ८ देखि २१ प्रतिशत सम्म इन्धनको वचत गर्छ । त्यसैगरी सवारीसाधनको पावरमा १० देखि ३० प्रतिसत सम्म वृद्धि गर्दछ ।

यसको प्रयोगले सवारीसाधनमा आउने भाइवे्रसनमा पनि कमि ल्याउँदछ भने इन्जिन अधिक तात्नमा पनि कमि आउछ । सवारीसाधन चलाउँदा एकदम स्मुथसँग चल्छ ।

नानो इनर्जाइजरलाई विश्वका ख्यातिप्राप्त कार कम्पनीहरुले सर्टिफाइड नै गरेका छन् । टोयोटा, होण्डा, मर्सिडिज बेन्ज, किया, अडी, हुन्डाई, मारुतीसुजुकी लगायतका चर्चित ब्राण्डहरुले नानो इनर्जाइजरलाई आ(आफ्नो सवारीसाधनमा टेष्ट गरेर प्रमाणित प्रडक्टको रुपमा भेरिफाइड गरिसकेको हुनाले पनि बजारमा यसको माग बढेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार