साढे २ खर्ब कर्जा र निक्षेप परिचालन ५ खर्ब रह्यो बैंक तथा वित्तीय संस्थाको

काठमाडौं । राष्ट्र बैंकले साढे २ खर्ब नजिक बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह रहेको बताएको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षु सोहि अवधिको तुलनामा चालु आर्थिक वर्षमा ५.१ प्रतिशत ले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ५७ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । गत आर्थिक वर्ष भने ३.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ ।

२०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२.६ प्रतिशत र ३७.४ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले, विकास बैंकहरुको ४.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.७ प्रतिशतले बढेको छ ।
२०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति कृषि तथा गैर कृषिजन्य वस्तु सुरक्षणको रुपमा रहेको छ भने ६८.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०८० जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ११.६ प्रतिशत र ६८ प्रतिशत रहेको थियो ।

निक्षेप परिचालन ५ खर्ब रह्यो

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा निक्षेप परिचालन ९ प्रतिशतले बढेको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप संकलन ५ खर्ब १४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ खर्ब ४५ अर्ब १३ करोड रुपैयाँ (८.८ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.६ प्रतिशतले बढेको छ ।

२०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७९ प्रतिशत, २५.६ प्रतिशत र ५९.७ प्रतिशत रहेको थियो ।

२०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ प्रतिशत रहेको छ । २०८० जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३६.७ प्रतिशत रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार