२७ खर्ब ५ अर्ब तरलता व्यवस्थापन

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय २७ खर्ब रुपैयाँ भन्दा बढी तरलता प्रशोचन (व्यवस्थापन) गरेको बताएको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले २७ खर्ब ५ अर्ब ६० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो ।राष्ट्र बैंकद्धारा खुला बजार कारोबारमार्फत तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप सङ्कलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गर्छ ।

चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाले यस बैंकबाट स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत ८ खर्ब ३ अर्ब ५६ करोड रुपैयाँ गरी कुल ८ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ कारोबारमा आधारित तरलता उपयोग गरेका छन् भने निक्षेप संकलन बोलकबोलमार्फत १० खर्ब ६० अर्ब ३० करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत १६ खर्ब ४५ अर्ब ३० करोड रुपैयाँ गरी कुल २७ खर्ब ५ अर्ब ६० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणहरुमार्फत खुद ५२ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार ( वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ५ अर्ब ३५ करोड खुद खरिद गरी ७ खर्ब १० अर्ब ९१ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५ अर्ब २६ करोड खुद खरिद गरी ६ खर्ब ८७ अर्ब ४२ रुपैयाँ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ६४ करोड बिक्री गरी ४ खर्ब ८४ अर्ब ४४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ४ अर्ब ३० करोड बिक्री गरी ५ खर्ब ६२ अर्ब १९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार