करिब ५२ अर्ब तलव बुझे बैंक तथा वित्तीय संस्थाका कर्मचारीले

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले तलब र कार्यालय व्यवस्थापनका लागि झण्डै ८६ अर्ब रुपैयाँ खर्च गरेको बताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले तलब र कार्यालय व्यवस्थापनमा ८५ अर्ब ७५ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.२७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले तलब र कार्यालय व्यवस्थापनमा ७६ अर्ब ३८ करोड ८५ लाख रुपैयाँ खर्च गरेका थिए ।

चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले तलववापत् ५१ अर्ब ६६ करोड रुपैयाँ र कार्यालय व्यवस्थापनका लागि ३४ अर्ब ९ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले तलवापत् ४५ अर्ब २२ करोड ८० लाख रुपैयाँ कार्यालय व्यवस्थापनका लागि ३१ अर्ब १५ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ ।

समीक्षा अवधिमा तलब र कार्यालय व्यवस्थापनका लागि सबैभन्दा बढी क्रमशः वाणिज्य बैंक, विकास बैंक र वित्तहरुले खर्च गरेका छन् । चालु आर्थिक वर्षको १० महिनामा तलब र कार्यालय व्यवस्थापन गरी वाणिज्य बैंकको खर्च ७४ अर्ब ९४ करोड ५० लाख रुपैयाँ, विकास बैंकको ८ अर्ब ६३ करोड ८० लाख रुपैयाँ र वित्त कम्पनीको २ अर्ब १७ करोड ५० लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको १० महिनामा तलब वापत् वाणिज्य बैंकले ४५ अर्ब ५४ करोड ३० लाख रुपैयाँ, विकास बैंकले ४ अर्ब ९० करोड ७० लाख रुपैयाँ र वित्त कम्पनीले १ अर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ । सोहि अवधिमा कार्यालय व्यवस्थापनका लागि वाणिज्य बैंकले २९ अर्ब ४० करोड २० लाख रुपैयाँ, विकास बैंकले ३ अर्ब ७३ करोड १० लाख रुपैयाँ र वित्त कम्पनीले ९६ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ ।

गत आर्थिक वर्षको १० महिनामा पनि तलब र कार्यालय व्यवस्थापनका लागि सबैभन्दा बढी खर्च गर्नेमा क्रमशः वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी नै रहेका छन् । समीक्षा अवधिमा वाणिज्य बैंकले ६६ अर्ब १४ करोड ८० लाख रुपैयाँ विकास बैंकले ८ अर्ब १८ करोड ३० लाख रुपैयाँ र वित्त कम्पनीले ३ अर्ब ६ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ । समीक्षा अवधिमा तलबवापत् वाणिज्य बैंकले ३९ अर्ब ५० करोड रुपैयाँ, विकास बैंकले ४ अर्ब ६१ करोड ३० लाख रुपैयाँ र वित्त कम्पनीले १ अर्ब ११ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ । कार्यालय व्यवस्थापनका लागि वाणिज्य बैंकले २६ अर्ब ६४ करोड ८० लाख रुपैयाँ, विकास बैंकले ३ अर्ब ५६ करोड रुपैयाँ र वित्त कम्पनीले ९४ करोड ९० लाख रुपैयाँ खर्च गरेको छ ।

रकम १० लाखमा

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार