काठमाडौं महानगरमा ३० हेभी ड्राइभरलाई जागिर खुल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले हेभी ड्राइभर पदका लागि दरखास्त आह्वान गरेको छ ।

महानगरले बिहीबार सूचना प्रकाशित गर्दै ६ महिने करार सेवामा पदपूर्ति गर्न ३० जना हेभी ड्राइभर पदमा दरखास्त खुलाएको हो । साथै, आवश्यकताअनुसार थपसमेत गर्न सकिने बताइएको छ ।

इच्छुक र योग्य उम्मेदवारले साउन १६ गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रशासन समूहअन्तर्गतको प्रथम तह तोकिएको सो पदका लागि साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ । साथै, दरखास्त दिने अन्तिम दिनसम्म उम्मेदवार २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

दरखास्त आवेदन अनलाइन प्रणालीबाट दिनुपर्नेछ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार