सुन र चाँदीको भाउ बढ्यो

काठमाडौं । आज सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४४ हजार ९०० रुपैयाँ प्रति तोला कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रति तोला १ लाख ४४ हजार १०० रुपैयाँ प्रति तोला कारोबार भएको थियो।

तेजावी सुन प्रति तोला १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य प्रति तोलामा १५ रुपैयाँ बढेर १ हजार ८८५ रुपैयाँ पुगेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार