CLI

३७ जिल्लामा बाढीको जोखिम

काठमाडौं । बिहीबार देशका ३७ जिल्ला र त्यस आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहीबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गरी बाढीको जोखिम रहेका जिल्लाबारे जानकारी दिँदै त्यस जिल्लाका बा‍सिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको हो। नेपालमा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास)  रहेको मनसुन न्यून चापीय रेखा नेपालतिर सर्न थालेसँगै देशभर वर्षा भइरहेको छ ।

बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो अवस्थामा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार कम्तीमा ३७ वटा जिल्लामा बाढीको जोखिम रहेको छ ।

महाशाखाका अनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी (ब.सु.पूर्व), नवलपरासी  पश्चिम, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची र आसपासका जिल्ला भई बहने अधिकांश स(साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ।

यसको साथै ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, सिन्धुपाल्चोक, दोलखा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूको बहाव बढ्ने तथा केही स-साना नदीहरूमा आकस्मिक बाढी हुन सक्ने पूर्वानुमान रहेको छ ।

Leave Your Comment

Related News