डिम्याट खाता नविकरण शुल्क बुझाउन लक्ष्मी सनराईजको आग्रह

काठमाडौं । लक्ष्मी सनराईज क्यापिटल लिमिटेड (साविक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेड एक आपसमा गाभिएर बनेको संस्था) तथा लक्ष्मी सनराइज बैंक लि को शाखा कार्यालयहरु मार्फत हितग्राही खाता खोली आफ्नो धितोपत्रको कारोबार गरेका सदस्यहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरिएको छ ।

लक्ष्मी सनराईज क्यापिटल तथा लक्ष्मी सनराइज बैंक लि को शाखा कार्यालयहरु मार्फत हितग्राही खाता खोली आफ्नो धितोपत्रको कारोबार गरि रहनु भएका खातावालाहरुलाई धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०८०÷ २०८१ सम्म खाता खोल्नु भएका सम्पूर्ण हितग्राही सदस्यहरुले प्रत्येक आर्थिक वर्षको वार्षिक संचालन शुल्क वापत १०० रुपैयाँका दरले यस कम्पनीमा आई बुझाउनु हुन वा लक्ष्मी सनराइज बैंक लिमिटेडको नजिकको शाखा कार्यालयहरुमा बुझाउन आग्रह गरिएको छ ।

उल्लेखित बैंक खातामा उक्त संचालन शुल्क जम्मा गरि आफ्नो हितग्राही खाता सुचारु राख्नु हुन समेत सदस्यहरुलाई भनिएको छ । बैंकमा रकम दाखिला भएको बैंक भौचरको प्रति भने कम्पनीको इमेलमार्फत् पठाउनु पर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार