मणिपाल शिक्षण अस्पातलमा ७२ बेडको अत्याधुनिक सघन उपचार कक्ष बन्यो

काठमाडौं । आजको युग प्रविधि मैत्री युग हो । हरेक क्षेत्रमा प्रविधिले ठुलो भुमिका निर्वाह गर्दै आएको सन्दर्भमा उपचार पद्धती पनि अछुतो छैन । यसैलाई हृदयङ्गय गर्दै यस अस्पतालले पनि आफ्नो उपचार क्षेत्रमा नविनतम प्रविधिहरुलाई अङ्गिकार गर्दै आएको छ र भविष्यमा पनि यसलाई निरन्तरता दिँदै जाने हामी प्रतिवद्धता जाहेर गर्दछौ । हामी हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिने क्रममा आज हामीले नेपालमै पहिलो अत्याधुनिक तथा बहुआयमिक लेबल ३ को ७२ शैयाँको सघन उपचार कक्ष निर्माण गरि सो कक्षको समुद्घाटन गर्न गईरहेका छौ । यस मानेमा, यसरी उपचार सेवालाई विस्तार गरेको सुचित गर्न पाउँदा हामीलाई गौरवानुभुति भएको छ र यस विस्तारको श्रेय हामी यस क्षेत्रका नागरिकहरुलाई दिन चाहन्छौै ।

नवनिर्मित सघन उपचार कक्ष (आईसीयू), विरामीहरुको सुरक्षार्थ केद्रिकृत नियन्त्रण प्रणालीमा आधारित हुनुका साथै २ वटा कक्ष कुनै नकरात्मक असर नगर्ने आईसोलेन र ३ वटा सघन उपचार कक्ष क्याविन रहेको पनि जानकारी गराउदछौं । हामीलाई विश्वास छ की अब उत्कृष्ट सेवा का लागि कोही गम्भिर विरामीहरु काठमाण्डौं जानुपर्ने स्थिति रहने छैन ।

यस नवनिर्मित सघन उपचार कक्षमा रहेका प्रत्यक शैयामा मोनिटर, भेन्टीलेटर, इ.सि.जी मेसिन, यु.एस.जी तथा इको प्रणालीहरु जडित छन् जस्ले गर्दा विरामीहरुलाई धेरै सहज हुनेछ । यस सघन उपचार कक्षमा २४ सै घण्टा क्रिटिकल केयर सम्बन्धि (एमडीजीपी) डाक्टरको सेवा उपलब्ध हुनेछ भने विस्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नर्स र विरामीको अनुमात मिलाई नर्सिङ सेवाको व्यवस्था मिलाईएको छ । उक्त कक्षमा कार्यरत सम्पुर्ण नर्सहरु पनि क्रिटिकल केयर प्रशिक्षित हुने व्यहोरा पनि यहाँलाई जानकारी गराउदछौ । यस्का अतिरिक्त यस अत्याधुनिक सघन उपचार कक्षमा संक्रमण नियन्त्रक नर्स डाईटिसियन र फिजियोथेरापिस्टको पनि उपस्थिति रहने छ ।

नेपालकै उच्चकोटी गुणस्तरीय र अत्याधुनिक सघन उपचार कक्ष निर्माण गर्दा लगानी पनि प्रयाप्त भएको र सोही अनुसार उपचारमा शुल्क बढि लाग्ने सोच आम नागरिकमा हुनु अस्वभाविक होइन । तर यस अस्पताल,अस्पताल मात्र नभई एउटा शिक्षण अस्पताल पनि भएकोले उपचार शुल्क सुपथ र सरल हुनुपर्छ भन्ने तथ्य प्रति हामी सचेत पनि छौ । यसैले यस अस्पतालले सेवामा गुणस्तरिय र शुल्कमा सुपथ हुनुपर्छ भन्ने मान्यता राख्दै आएको छ । त्यसैले यस अस्पतालले यस क्षेत्रका आम नागरिकहरुको विश्वास जित्न सफल भएको छ । आउदाँ दिनहरुमा पनि यहाँहरु क्हि गुणस्तरिय सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्दै राष्ट्रकै एउटा गौरबको अस्पतालको रुपमा चिनारी स्थापित गर्न उद्धत रहेको पनि तपाईहरु मार्फत जानकारी गराउदछौ । यहाँको यस सन्दर्भमा सकारात्मक सल्लाह सुझावहरु हामीले सदैव अपेक्षा राख्दँछौं ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार