क्यूआर कोड मार्फत हालसम्मको उच्चत भुक्तानी

काठमाडौं । नेपालमा क्यूआर कोड मार्फत हुने भुक्तानी लगातार बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत २०८१ जेठमा ५३ अर्ब ८८ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ। यो क्यूआर मार्फत भएको हालसम्मको उच्चतम भुक्तानी हो।

वैशाखमा ५२ अर्ब ७५ करोड ७० लाख रुपैयाँ क्यूआर कोड मार्फत भुक्तानी भएको थियो। वैशाखको तुलनामा जेठमा क्यूआर मार्फत हुने भुक्तानी १ अर्ब १२ करोड ४० लाख रुपैयाँ आर्थत २.१३ प्रतिशतले बढेको छ।

जेठमा क्यूआर कोड मार्फत १ करोड ९८ लाख २० हजार २२० पटक भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।

२०७७ पुष १० गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काठमाडौंको नक्सालस्थित नक्साल तरकारी बजारमा क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरुवात गरेका थिए। तत्कालिन समयमा उनले क्यूआर कोडमार्फत भूक्तानीको शुभारम्भ गर्दै नगदरहित कारोबारलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकले नीति अगाडि बढाएकाले यसलाई बढवा दिनु पर्ने आवश्यकता औल्याउँदै यो अभियानलाई देशैभर पुर्याइने बताएका थिए।

नेपाल राष्ट्र बैंकले नै डिजिटल भूक्तानीलाई प्रवर्धन गरेसँग यसको विकास पनि बढ्दो छ। अहिले तरकारी पसल, चिया पसल, सपिङ महल लगायत कारोबार हुने अधिकतम स्थानमा क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिन्छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि ती स्थानमा क्यूआर कोड मार्फत भुक्तानी गर्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएका छन्। साथै नगद बोकेर हिड्नु भन्दा पनि मोबाइलबाटै सहज रुपमा भुक्तानी गर्न सकिने भएकाले पनि क्यूआर कोडको प्रयोग बढ्दो क्रममा देखिन्छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार