किसान र जाल्पा लघुवित्तको एकीकृत कारोबार सुरु

Garima_Business-Loan3

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मिलेर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सुरु गरेको छ । मातृभूमिले बिहीबार देखि एकीकृत कारोबार सुरु गरेको हो ।

राष्ट्र बैंकबाट अनुमति प्राप्त गरे सँगै मातृभूमिले एकीकृत कारोबारको सुरु गरेको जनाएको छ । राष्ट्र बैंकबाट जेठ २९ गते मातृभूमिको नामबाट कारोबार सञ्चालन गर्ने अनुमित दिइएको थियो । अनुमित प्राप्त पश्चयात संस्थाको बैठक बसी कार्यान्वयमा जाने तयारी गरेको थियो ।

संस्थाको १३७ औं बैठकले असार २७ गते देखिए एकीकृत करोबार सुरु गर्ने निर्णय गरेको थियो । साथै धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २००९ को दफा ९ मा भएको व्यवस्थ बमोजिम एकीकृत कारोबार भएको मितिदेखि लागु हुने गरी संस्थाको शेयर कारोबार रोक्का राखिने समेत बताइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार