हितग्राही खाताको शुल्क भुक्तानी गर्न सिटिजन्स बैंकको आग्रह

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हितग्राही खाता सञ्चालन गरे वापत् शुल्क भुक्तानी गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । बैंकले

यस निक्षेप सदस्यमा डिम्याट (हितग्राही खाता भएका सम्पूर्ण हितग्राहीहरुले आर्थिक वर्ष २०८०÷८१ सम्मको डिम्याट खाता संचालन गरे वापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्षमा १०० रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार उक्त शुल्क भुक्तानी गर्न आग्रह गरेको हो । उक्त शुल्क भुक्तानी गर्न बाँकी रहेका हितग्राहीहरुलाई यही २०८१ आषाढ मसान्त भित्र उक्त शुल्क बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी भुक्तानी गर्न सकिने बैंकले बताएको छ । साथै मेरो शेयर प्रोफाइलमा गई विभिन्न विद्युतीय भुक्तानी माध्यम मार्फत समेत सो शुल्क बुझाउन मिल्ने व्यवस्था भएको हुँदा सो मार्फत भुक्तानी गरिदिनु हुन समेत आग्रह गरिएको छ ।

बैंकले सो शुल्क भुक्तानी नगरेको अवस्थामा डिम्याट खाताहरु उक्त शुल्क भुक्तानी नगरे सम्मको लागि रोक्का रहने बताइएको छ । साथै, मेरोशेयर सुविधा उपभोग गरिरहेका हितग्राहीहरुलाई वार्षिक शुल्क ५० रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार सो सेवा अवरुद्ध हुनु अगावै उक्त शुल्क भुक्तानी गर्न बैंकले आफना सदस्यहरुलाई आग्रह गरेको हो । उपरोक्त शुल्क भुक्तानी नभई डिम्याट खाता र मेरो शेयर रोक्का भएमा यस बैंक जवाफदेही नहुने बताइएको छ ।

आस्बा सेवा अन्तर्गत यस बैंकका सबै शाखा कार्यालयहरुबाट दरखास्त लिने व्यवस्थासहित खाता नभएका लगानीकर्ताहरुलाई पनि सरलता पूर्वक खाता खोल्ने व्यवस्था गरिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार