CLI

२२ सय बिन्दुले नाघेको सेयर बजारमा यी हुन् २० वटा बढी कारोबार हुने कम्पनी

काठमाडौं । सत्ता समिकरण फेरबदल सँगै सेयर बजार प्रभावित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार निर्माण सँगै अर्थमन्त्री परिवर्तन हुने भए सँगै लगानीकर्ताहरुले सेयर बजार बढाएका छन् । सत्ता समिकरण फेरबदल सँगै साताको पहिलो दिन सेयर बजार ५२.९७ अंकले बढे २२५७.५९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको कम्पनी मापन सेन्सेटभि इन्डेक्स ९.५९ अंकले बढेर ४०१.२५ विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार २०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबार सबैभन्दा बढी कारोबार हुनेमा जानकी फाइनान्स, एनआरएन बैंक, ग्लोबल आइएमइ बैंक प्रोमोटर सेयर, नेपाल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स कम्पनी रहे । जानकी फाइनान्सको २४ करोड २७ लाख रुपैयाँ, एनआरएन बैंकको २१ करोड २७ लाख रुपैयाँ, ग्लोबल आइएमइ बैंक प्रोमोटर सेयरको २० करोड ७५ लाख रुपैयाँ, नेपाल फाइनान्सकाृ १९ करोड १७ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्स कम्पनीको १५ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

Leave Your Comment

Related News