एक सातादेखि हेटौंडामा एफटीटीएच सेवा अवरुद्ध, पत्ता लागेन कारण, वैकल्पिक विकल्पतर्फ सोच्दै टेलिकम

काठमाडौं ।

निर्दोष घोरसाइने

नेपाल टेलिकमको हेटौंडा एक्सचेञ्जको एफटीटीएच सेवामा समस्या देखिएको छ। एक सातादेखि हेटौंडा एक्सचेञ्जको एफटीटीएच सेवामा समस्या आएको नेपाल टेलिकमले जानकारी दिएको छ। पहिचान हुन नसकेको समस्याबाट हेटौडा बजार क्षेत्रका करिब २ हजार एफटीटीएच सेवाग्राही प्रभावित भएका छन्। असार २४ गते सोमबार साँझ हेटौंडाका एफटीटीएफ सेवाग्राहीको इन्टरनेट र ल्याण्डलाइन सेवा अवरुद्ध भइरहेको छ।

एक सातादेखि हेटौंडा एक्सचेञ्जको एफटीटीएच लाइनमा देखिएको समस्या पहिचान हुन नसकेको नेपाल टेलिकमको बागमती प्रदेश निर्देशक रिना ढंगोलले जानकारी दिइन्।

‘एक साताको अवधिमा एक पटक बिहीबार बिहान समस्या ठिक भएको थियो। शनिबार बिहानबाट फेरी समस्या दोहोरिएको छ। प्राविक टोलीले समस्या पहिचान गर्दै हुनु हुन्छ। कहाँ समस्या आयो भनेर प्राविधि टोलीलाई पनि पहिचान गर्न गाह्रो भएको छ,’ निर्देशक ढंगोलले भनिन्, ‘स्थानीय स्तरबाट समस्या पहिचान हुन नसक्दा आपूर्तीकर्ता (जेटीई)को पनि सहयोग लिएको छ। तर उताबाट पनि समस्या पहिचान हुन नसक्दा थप जटिलता छाएको छ।’

बिहीबार साँझदेखि एफटीटीएच सेवा सञ्चालनमा आएको थियो। तर फेरी शनिबार बिहानदेखि पुन समस्या देखिन सुरु भएको छ। बिहीबार र शुक्रबार सेवाग्रहीले समस्याको बारेमा गुनासो नगरे पनि शनिबारबाट यस्तो क्रमम पुन सुरु भएको उनको भनाइ छ।

हाल उत्पन्न समस्या सेवाग्राही पच्छिे फरक प्रवृत्तिको छ। जसले गर्दा गर्दा थप जटिलता उत्पन्न भएको छ। प्रत्यक ग्राहकमा देखिएको समस्या फरक फरक प्रकृतिको छ। यस अघि यस्तो प्रकारको समस्या नदेखिएको भन्दै सप्लायर्सले पनि आश्चर्य प्रकट गरेको उनले जानकारी दिइन्। समस्या पहिचान गर्न आपूर्तीकर्ता जेटीई र स्थानीय आफूर्तीकर्ताले पनि काम गरिरहेका छन्। तर हालसम्म समस्याको कारण पहिचान हुन सकेको छैन। जसका कारण समस्या हल गर्न नेपाल टेलिकम र आपूर्तीकर्ताे परिसानीको सामना गर्नु परिरहेको छ।

लामो समयसम्म समस्या पहिचान हुन नसक्दा हेटौंडा एक्सचेञ्जलाई सहयोग गर्न केन्द्रिय कार्यालयबाट टोली पनि खटाईएको छ। नेटवर्कका कारणले समस्या आएको हो कि भन्ने बुझ्नका लागि आज (आइतबार) टेलिकमले केन्द्रको नेटवर्क इन्जिनियरलाई हेटौंडा एक्सचेञ्ज पठाइसकेको छ। टेलिकमको प्राविधिक टिम, आपूर्तीकले रिमोर्ट एक्सेसका माध्यमबाट र लोकल सप्लायर्स मिलेर काम गर्न पनि समस्या पहिचान हुन सकेको छैन।

‘कहाँ समस्या भएको भनेर पत्ता नलाग्दा गाह्रो भएको छ छ। नेटवर्कमा उतार चढाव आइरहेको छ। जसका कारण कति सेवा प्रभावित भएको एकिनका साथ भन्न सकिने अवस्था छैन। कुनै समय सेवा चलिरहेको हुन्छ। कुनै समय आफै बन्द हुन्छ। नचलेको नचलेकै भए छुट्टै खालको निधान हुन्थ्यो। कहिले चल्ने कहिले नचल्लने कारणले समस्या जलिट बनेको छ।’ समस्या पहिचान नहुँदा के गर्ने भन्ने अन्यौल हुँदा कठिनाई बढेको उनले बताइन्।

समस्या हल नभए वैकलप्कि विकल्प
एफटीटीएच सेवा एक सातादेखि उत्पन्न समस्या हल हुन नक्दा नेपाल टेलिकमले वैकल्पिक विकल्प मार्फत सेवा प्रदान गर्ने तर्फ सोच बनाइरहेको छ। ‘ग्राहकलाई सेवा प्रदान गर्नु संस्थाको धर्म हो। सर्वप्रथम समस्या हल गरेर सेवा प्रदान गरिनेछ। लामो समयसम्म सेवा सञ्चालन हुन अवस्था नरहे वैकल्पिक विकल्पतर्फ अघि बढ्ने छौं,’ निर्देशक ढंगोल बताउँछिन्। हाल प्रदान गरिएको सेवा एफटीटीएच (तार) हो। अब वायरलेस प्रविधिबाट सेवा प्रदान गरिने उनले बताइन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार