इतिहासमै महँगो भयो सुन

काठमाडौं । आज सोमबार सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ । हिजो आइतबार तोलाको १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुन मूल्य १ लाख २५ हजार ९४५ रुपैयाँ तोकिएको छ ।

आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४६ हजार २ रुपैयाँ पुगेको छ । नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ८८५ सय रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको मूल्य १ हजार ६१६ रुपैयाँ तोकिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार