CLI

अर्थमन्त्री विष्णु पौडेल सहित एमालले टुँगायो ८ मन्त्रिको नामवली

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपि शर्मा ओलि नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको नाम टुंगाएको छ। एमालेले अर्थसहित ८ मन्त्रीको नाम टुङगो लगाएको हो।

एमालेका एक नेताका अनुसार एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्दैछन भने, पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्ने भएका छन्।

यसैगरी भौतिक पूर्वाधार तथा यातायामन्त्रीमा देवेन्द्र दाहाल र उद्योगमन्त्रीमा दामोदर भण्डारीको नाम छ।

बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र मानवीर राई रक्षामन्त्री, विद्या भट्टराई शिक्षामन्त्री बन्ने भएका छन्। यसैगरी राजकुमार गुप्ता पनि मन्त्री बन्ने भएका छन्।

Leave Your Comment

Related News