कांग्रेसबाट सिंह, लेखक र राणा मन्त्री बन्दै, आरजुलाई परराष्ट्र

काठमाडौं । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने केही मन्त्रीहरूको नाम टुंगो लगाएको छ । ओली नेतृत्वको सरकारमा प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइने भएको छ ।

सभापति शेरबहादुर देउवा पक्षले ६ जनाको नाम टुंगो लगाइसकेको छ भने शेखर कोइराला र महामन्त्री गगन थापा समूह भने अहिले पनि छलफलमै रहेको छ । कांग्रेसका प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा दिइएको छ । नयाँ सरकारमा आरजु राणा परराष्ट्रमन्त्री बन्ने भएकी छिन् ।

त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री बन्ने भएका छन् । कोइराला-थापा समूहलाई ४ मन्त्रालय दिइएकोमा १ जनाको नाम टुंगो लागेको छ । जसमा तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिइने भएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार