कोइराला समूहबाट पौडेल, पाण्डे र अधिकारी मन्त्री बन्दै, प्रदीप पौडेल स्वास्थ्यमन्त्री

काठमाडौं । कांग्रेसको शेखर कोइराला समूहले आफ्नो तर्फबाट तीन मन्त्रीको नाम पठाएको छ । स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीको नाम पठाएको हो ।

कोइराला समूहमै रहेका तेजुलाल चौधरीको नाम यसअघि नै पार्टी सभापति देउवाले सिफारिस गरिसकेका थिए ।

ओली नेतृत्वको सरकारमा प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइने भएको छ । कांग्रेसका प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा दिइएको छ । नयाँ सरकारमा आरजु राणालाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री बन्ने भएका छन् । जसमा तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार