सांग्रिला डेभलपमेन्ट बैंकले ७५ हजार संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ हजार भन्दा बढी संस्थापक शेयर बिक्री गर्न लागेको छ । बैंकले तीन जना संस्थापकहरुले आफूमा रहेको ७५ हजा ६ सय ६९ कित्ता सेयर बेच्न चाहे सँगै बिक्रीको लागि आह्वान गरेको हो ।

बैंकले हेम सागर ढुंगानाको नाममा रहेको ३३ हजार ३९६ कित्ता, बेल प्रसाद गौचनको नाममा रहेको २४ हजार ८५४ कित्ता, धनकाजी गुरुङको नाममा रहेको १० हजार ५१७ कित्ता र सति देवी शेरचनको नाममा रहेको ६ हजार ९०५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

त्यस्तै संस्थापक शेयर लिन इच्छुक संस्थापक शेयरधनीहरुलाई भने अबको ३५ दिन भित्र आवश्यक काजग प्रमाण सहित बैंकको केन्द्रीय कार्यालय, बालुवटारमा काठमाडौंमा आउन आग्रह गरिएको छ । उनीहरुले शेयर खरिद गर्न चाहेको परिमाण खुलाई आवेदन दिन समेत आग्रह गरेको छ । संस्थापकहरुले शेयर खरिद नगरेमा अन्य व्यक्तिलाई बिक्री गर्ने बताइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार