अर्थमन्त्री पौडेले बनेसँगै १७.१८ अंकले घट्यो नेप्से , ९ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भए सँगै सेयर बजार घटेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.०७ अंकले घटेर ३९७.१८ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार ५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार ३२२ वटा कम्पनीको २ करोड ५० लाख ७९ हजार ०७९ कित्ता सेयर कारोबार हुदाँ करोबार रकम भने ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयाँ रह्यो ।बजार पूँजीकरण रकम भने ३५ खर्ब ५३ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ रह्यो ।

सोमबार समूह उपसूचकहरु मध्ये ४ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी ९ वटाको सेयर मूल्य घटेको छ । जलविद्यु्त २०.२२, लगानी १.४०, उत्पादन र प्रशोधन ८.१५ र म्युअुचल फन्ड ०.३३ अंकले बढेको छ । बैंक १८.४३, विकास बैंक ८५.६७, वित्त १३.७६, होटल र पर्यटन ९९.९३, जीवन बीमा १८०.९९, लघुवित्त ६८.९७, निर्जीवन बीमा १०२.७४, व्यापार १६.१६ र अन्य समूह २०.५१ अंकले घट्यो ।

सोमबार सबैभन्दा बढी करोबार हुनेमा अप्पर तामाकोशी, निफ्रा बैंक, जानकी फाइनान्स, ङादी ग्रुप र सीइडीबी हाइड्रोपावर कम्पनी रहे । अप्पर तामाकोशीको ३७ करोड ८ लाख रुपैयाँ , निफ्रा बैंकको २१ करोड १५ लाख रुपैयाँ, जानकी फाइनान्सको १९ करोड १५ लाख रुपैयाा, ङादी ग्रुपको १७ करोड ७८ लाख रुपैयाँ र सीइडीबी हाइड्रोपावर कम्पनीको १६ करोड ६२ लाख रुपैयाँ बराबर करोबार भयो ।

सोमबार सिबिल बैंक ऋणपत्र, माण्डु हाइड्रोपावर, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, इन्भेष्टमेन्ट बैंक ग्रोथ फन्डको सकारात्मक सर्किट लाग्दा सानिमा लार्ज क्याप फण्डको सेयर मूल्य भने ८.४० प्रतिशतले बढ्यो । सबैभन्दा बढी गुमाउनेमा भने जानकी फाइनान्सको नकारात्मक सर्किट लाग्दा एनआइसी एसिया डिबेन्चर ६.९४ प्रतिशत, समलिङ पावर कम्पनी ५.६८ प्रतिशत, नेपाल वायरहाउस कम्पनी ४.१६ प्रतिशत र आशा लघुवित्त वित्तीय संस्था ४.०२ प्रतिशतले सेयर मूल्य घट्यो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार