एनएमबि लघुवित्त वित्तीय संस्थाको नाफा  घट्यो

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । आर्थिक वर्ष २०७९÷८० मा संस्थाले ४ करोड ६१ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । भने आर्थिक वर्ष २०७८÷७९ मा १२ करोड ६० लाख ७१ हजार रुपैयाँ थियो । आर्थिक वर्ष २०७८÷७९ को तुलनामा चालु आर्थिक वर्षमा संस्थाको नाफा ७ करोड ९६ लाख रुपैयाँले घटेको हो ।

त्यस्तै, समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा समेत घटेको छ । आर्थिक वर्ष २०७९÷८०मा संस्थाको सञ्चालन मुनाफा ४ करोड १३ लाख ३६ हजार रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०७८÷७९ उक्त मुनाफा १८ करोड २२ लाख ३१ हजार रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको कुल ब्याज आम्दानी समेत घटेको छ । संस्थाको आर्थिक वर्ष २०७९÷८० मा कुल ब्याज आम्दानी ३२ करोड ८२ लाख २४ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७८÷७९ मा कुल ब्याज आम्दानी ४५ करोड १५ लाख ९४ हजार रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७९÷८० मा संस्थाको सञ्चालन आम्दानी ३८ करोड ७ लाख रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०७८÷७९ को उक्त आम्दानी ५२ करोड २९ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
नाफा घटेको संस्थाको कुल सम्पत्तिमा समेत गिरावट आएको छ । आर्थिक वर्ष २०७९÷८० मा संस्थाको कुल सम्पत्ति ५ अर्ब ४० करोड १७ लाख रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०७८÷७९ को सोहि अवधिमा उक्त सम्पत्ति ६ अर्ब १९ करोड ७३ लाख रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७९÷८० मा कुल दायित्व रकम ४ अर्ब ४० करोड ४९ लाख रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०७८÷७९ मा ५ अर्ब १४ करोड ८७ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९÷८० मा संस्थाको इक्विटी रकम ९९ करोड ६८ लाख ३२ हजार रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०७८÷७९ मा उक्त रकम १ अर्ब ४ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार