CLI

केपी सरकारको पहिलो निर्णयः टियू क्रिकेट रंगशालामा प्याराफिट र फ्लडलाइट निर्माण गरिने

काठमाडौं । केपी शर्मा ओलीको सरकारले टियू क्रिकेट रंगशालामा प्याराफिट र फ्लडलाइट निर्माण गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा मन्त्रिपरिषद्को पहिलो निर्णय भन्दै यस्तो जानकारी दिएका हुन्।

सोमबारको मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय गरेको छ।

यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको पनि प्रधानमन्त्रीले जानकारी दिए।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने ठेक्का सिनामंगलको एमएसआईपीएल–एएससी पावर जेभीले पाएको छ ।

Leave Your Comment

Related News