काउली, मुला र तिते करेलाको मुल्य बढ्दा गोलभेडाको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य १२० रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ११५ रहेको छ जुन हिजोको मुल्यमा ४.१७ प्रतिसत कम हो । गोलभेडा सानो लोकल मुल्य आज पनि घटेको छ हिजो प्रति केजी औसत मुल्य ४३ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य २५ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मुल्य पनि आज घटेको छ हिजो प्रति केजी औसत मुल्य ५५ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य ३९.५० रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा २१ प्रतिसत कम हो

आलु रातोको मुल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य ७० रुपैँयामा कारोबार भएको आलु रातो आज ७० औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा ० प्रतिसत कमबेसी हो आलु रातो भारतीयको मुल्य घटेको छ हिजो प्रति केजी ५९.३३ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मुल्य प्रति केजी औसत मुल्य ५९  रुपैयामा कारोबार भइरहेको छ ।आलु रातो मुडेको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ५१.३३ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य प्रति केजी  ५१ मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा ०.६४  प्रतिसत कम  हो । प्याज सुकेको मुल्य आज घटेको छ हिजो औसत मुल्य ९३.८० रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मुल्य ९३.३३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य बढेको छ  हिजो प्रति केजी ९६रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ९५ रुपैँया कायम छ ।

बन्दा लोकलको मुल्य यथावत छ हिजो औसत मुल्य ५५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ५५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानियको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी५६ रुपैँया कायम भएको मा आज प्रति केजी ८५ रुपैँया भएको छ जुन हिजोको मुल्यमा ५१.७९ प्रतिसत बढी हो । काउली ज्यापुको मुल्य बढेको रहेको छ ।  हिजो प्रति केजी औसत मुल्य ७५ रुपैँयामा कारोबार भएकोमा आज यथावत रही ९५ रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको मुल्यमा २६.६७ प्रतिसतको बढी हो ।

मुला सेतो लोकल मुल्य बढेको  छ । हिजो प्रति केजी औसत मुल्य २५ रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मुल्य३० पुगेको छ जुन २० प्रतिसत  बढी हो ।

भण्टा लाम्चोको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ८६ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मुल्य ७५ रहेको  छ । भण्टा डल्लोको मुल्य पनि घटेको छ  । हिजो प्रति केजी ८६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ८५ रुपैँया रहेको छ  ।

तने बोडिको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ११० रुपैँया कायम भएकोमा आज बढेर ११५ रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा ४.५५ प्रतिसत बढी हो घिउ सिमि लोकलको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य १४६ रुपैँयामा कारोबार भएकोमा आज बढेर प्रति केजी औसत मुल्य प्रति केजी १४८.७५ रहेको छ । घिउ सिमि राजमा  मुल्यघटेको  छ ।

तिते करेलाको मुल्य बढेको छ हिजो औसत प्रतिकेजी ८६ रुपैँया रहेकोमा  आज प्रति केजी औसत मुल्य ९५ पुगेको छ जुन हिजोको तुलनामा १०.४७  प्रतिशत बढी हो ।

कन्य च्याउ प्रति केजी औसत मुल्य घटेको छ हिजो २१८ प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १८० औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको  घटेको छ हिजो प्रतिकेजी ४३२ मुल्य रहेकोमा आज ४१६.६७ पुगेको छ जुन हिजोको मुल्यमा ३.५५ प्रतिशत कम हो  । राजा च्याउ को मुल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रति केजी औसत मुल्य रहेकोमा आज पनि सोहि मुल्य रहेको छ ।

कागतिको मुल्य आज बढेको छ हिजो प्रतिकेजी औसत मुल्य २६४ कायम भएकोमा आज बढेर २६६.६७ कायम भएको छ जुन हिजोको तुलनामा १.०१ प्रतिसत बढी हो ।

आँप मालदहको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य १२६.६७ रहेकोमा आज अलिकति बढेर प्रति केजी औसत मुलय १३० रहेको छ । आँप दसहरीको मुल्य बढेको छ ।  हिजो औसत मुल्य १२६.६७ कायम भएकोमा आज बढेर औसत मुल्य १३० प्रति केजी भएको छ ।

कुरिलोको मुल्य आज थोरै बढेको छ हिजो प्रति केजी औसत मुल्य २७५ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य २७६.६७ रहेको छ जुन हिजोको मुल्यमा ०.६१ प्रतिसत बढी हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार