अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्यले आजसम्मकै उच्च बिन्दु हाँसिल गरेको छ  हिजो प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ कायम भएको छापावाल सुनको मुल्य आज  प्रति तोला ९ सयले बढेर  प्रति  तोला १ लाख ४७ हजार ८ सय पुगेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मुल्य १ लाख २६ हजार ७ सय १५ रहेको छ ।

हिजो प्रति तोला  १ लाख ४६ हजार २ रुपैयाँ रहेको तेजावी सुन  आज ९ सयले नै बढेर प्रति तोला १ लाख ४७ हजार १ सय पुगेको छ । आज प्रति १० ग्राम तेजावी सुनको मुल्य १ लाख २६ हजार १ सय १५ रहेको छ ।  नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

हिजो प्रति तोला १ हजार ८ सय ८५ रहेको चाँदीको मुल्य थोरै घटेर १ हजार ८ सय ७५  रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ७  रुपैयाँ  ५० पैसा तोकिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार