अमेरिकामा टी–२० विश्व कप आयोजना गर्दा आईसीसीलाई ठूलो आर्थिक क्षति

काठमाडौं । भर्खरै सम्पन्न आईसीसी टी–२० विश्वकप २०२४ धेरै कारणले ऐतिहासिक रहन पुग्यो। क्रिक्रेटको इतिहासमा पहिलो पटक २४ राष्ट्र सहभागी हुनुका साथै प्रतियोगिताको सहआयोजकको रुपमा अमेरिका रहेको थियो।

आईसीसीले अमेरिकी बजारमा पनि क्रिकेटलाई विकास गर्ने प्रसाय गरिरहेको छ। त्यसको प्रमुख कदमको रुपमा २० विश्वकप अमेरिकामा आयोजना गर्नु रहेको छ।

टी–२० विश्वकप २०२४ आईसीसीले अमेरिकामा आयोजना गरेको पहिलो ठूलो प्रतियोगिता हो। यस अघि आईसीसीले अमेरिकामा कुनै पनि प्रतियोगिता आयोजना गरेको थिएन। अमेरिकी जनता मार्फत क्रिक्रेटलाई लोकप्रिय बनाउन आईसीसीले क्रिक्रेटको दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानको खेल पनि अमेरिकामा गराएको थियो। उक्त खेलमा ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो। तर अधिकांश दर्शक भारत र पाकिस्तान मुलका थिए।

विश्वकपको समग्रमा १६ खेल अमेरिकाको न्यूयोर्क, फ्लोरिडा र डलासमा खेलाइएको थियो। पाकिस्तान माथिको अमेरिकाको अप्रत्याशित जितले पनि अमेरिकी जनतामा खेल प्रति उत्सुकता पैदा गरेको थियो। आईसीसीका अनुसार प्रतियोगिता अवधिभर २७ लाख अमेरिका आधारित प्रयोगकर्ताले आईसीसी एप र वेबसाइट भिजिट गरेका थिए। यो २०२२ को टी–२० विश्वकप भन्दा ३७० प्रतिशत उत्साजन वृद्धि हो।

विविध कारण प्रतियोगितालाई सफल मान्न सकिए पनि आर्थिक दुष्टिकोणबाट भने आईसीसीलाई अमेरिकामा विश्वकप आयोजना गर्नु हालका लागि भने फाइदाजनक भने देखिएको छैन। विभिन्न रिपोर्टका अनुसार अमेरिकामा विश्वकप आयोजना गर्दा आईसीसीलाई ठूलो आर्थिक क्षति भएको छ। नयाँ रंगशाला निर्माण र उच्च सुरक्षा व्यवस्थापन मिलाउन अमेरिकामा आईसीसीले ठूलो धनराशी खर्च गर्नु परेको थियो। जसका कारण आईसीसीलाई घाटा भएको छ।

रिपोर्टका अनुसार आईसीसी बोर्डले १९ जुलाईमा श्रीलंकाको कोलम्बोमा हुने सम्मेलनमा यस घाटाको सम्बन्धमा छलफल गर्नेछ। हाल लेखापरीक्षणकै चरणमा रहेको छ। जसका कारण घाटाको यकिन तथ्यांक खुल्न सकेको छैन। अमेरिकामा प्रतियोगिता आयोजना गरिएकै कारण लाखौं डलर घाटा व्यहोरिएको आईसीसीका अधिकारीको विश्वास छ।

प्रतियोगिताका निर्देशक क्रिस टेटलीले राजीनाले पनि अमेरिकामा विश्वकप आयोजना गर्दा आईसीसीलाई घाटा भएको अनुमान लगाउन सकिन्छ। यद्यपि उनले प्रतियोगिता सुरु हुनु अघि नै राजीनाम दिने घोषणा गरेका थिए।
एजेन्सीको सहयोगमा

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार